बझाङमा प्रदेश सभा क्षेत्र नम्बर १ (१) को पछिल्लो मतगणनाअनुसार नेकपा एमालेका दमन भण्डारीले सुरूआतदेखिको अग्रता कायम राखेका छन्।
निर्वाचन आयोगका अनुसार अहिलेसम्मको मतगणनामा एमालेका भण्डारीले ४६६८ मत ल्याएका छन्। उनका निकट प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अभिषेक सिंहले ४५८० मत प्राप्त गरेका छन्।
यहाँ कांग्रेसका सिंह भण्डारीभन्दा ८८ मतले पछाडि छन्। पहिले उनीहरूबीच ३५८ मतको अन्तर थियो।
त्यस्तै, माओवादीका जनकबहादुर बुढाले २४४२ मत ल्याएर तेस्रो स्थानमा छन् भने चौथो स्थानमा रहेका एकीकृत समाजवादीका दिलबहादुर सिंहले १६५८ मत पाएका छन्।
२०७९ मा भएको निर्वाचनमा कांग्रेसका पृथ्वीबहादुर सिंहले १७ हजार ११२ मत ल्याएर जितेका थिए। यहाँ एमालेका उम्मेदवार अफिलाल ओखेडाले १३ हजार ३३६ मत ल्याएका थिए।त्यस बेला यहाँ तत्कालीन सत्ता गठबन्धनबाट कांग्रेसका सिंह साझा उम्मेदवार थिए।