जीले जोन को हुन्?
फ्रान्सका नागरिलाई आम्दानिको हिसाबले ३ बर्गमा बाढ्न सकिन्छ। पहिलो, प्रतिब्यक्ति मासिक ९०० युरोभन्दा कम आम्दानी गर्ने नागरिकको समूह जसलाई गरिबको बर्गमा राखिएको छ। यो बर्गका नागरिकले फ्रान्सको सामाजिक सुरक्षा प्रणालीबाट भरपुर सुविधा पाउँछन्।
दोस्रो, फ्रान्समा २५ प्रतिशत नागरिक सम्पन्न वा उच्च आय भएको वर्गमा पर्छन्। यीनीहरुलाई कुनै सरकारी सुबिधाको जरूरि पर्दैन। तर, लगानी वृद्धि गर्ने नाममा यीनीहरुले विभिन्न सरकारी सुविधा तथा कर छुट पाउँछन्। तेस्रो, मध्यम आय भएका नागरिक यस वर्गमा पर्छन्। कुनै पनि हिसाबमा यिनीहरूले सरकारी सुविधा पाउँदैनन्।
बरू यिनीहरूको सानो आम्दानीको ठूलो अंश कर र सामाजिक सुरक्षा योगदान तिर्नमा खर्च हुन्छ। अहिलेको जीलेट जोन (पहेँलो गन्जी) आन्दोलनका सबैजसो आन्दोलनकारि यही तेस्रो वर्गका नागरिक हुन्।
आन्दोलनको सुरूवात किन र कसरी?
सन् १९४७ मा फ्रान्समा एक कम्युनिस्ट मन्त्रीको पहलमा सामाजिक सुरक्षा व्यवस्थाको सुरूवात गरियो। यो प्रणालीलाई अरू मजबुत बनाउने काम सन् १९८१- १९९५ को अवधिमा भयो।
यसबाट बेरोजगार तथा गरिबहरू सामाजिक सुरक्षा प्रणाली अन्तर्गत दैनिक जीवनका लागि आवश्यक सबै सुविधा प्राप्त गर्नसक्ने अवस्थामा पुगे।
सामाजिक अशान्ति नभड्कियोस् भन्ने मनसायले त्यसपछिका कुनै पनि राष्ट्रपतिले सामाजिक सुरक्षा खर्च कटौतीको पहल गरेनन्। बरू विभिन्न सुबिधा बढाउँदै लगे।
अर्कोतर्फ लगानी आकर्षित गर्ने र अर्थतन्त्रलाई चलायमान गराउने नाममा सम्पन्न बर्गका मानिसमा विभिन्न कर छुट दिने नीति लिइ राखे। फलस्वरूप सरकारी खर्च धान्न मध्यम बर्गमाथि करको दबाब बढ्दै गयो।
मध्यम बर्गलाई आफ्नो दैनिक खर्च टार्न मुस्किल हुँदै गयो। मध्यम बर्गको यो समस्या समाधान गर्न न त उदारवादी आर्थिक नीतिबाहक पार्टीले पहलकदमी लियो न त समाजवादी पार्टीले नै।
परिणामस्वरूप सन् २०१७ मा भएको राष्ट्रपतीय निर्वाचनमा परम्परागत पार्टी पद्दतिभन्दा बाहिरको ब्यक्तिलाई राष्ट्रपतिमा निर्वाचित गरियो।
नयाँ राष्ट्रपतिबाट पनि मध्यम बर्गीयहरुको पक्षमा काम गर्नुको सट्टा १८ महिनाको अवधिमा यस अघि कहिल्यै नभएको दरमा सार्वजनिक सेवा शूल्क वृद्धि गरियो।
१ वर्षको अवधिमा पेट्रोलियम पदार्थको मूल्यमा करिव २० प्रतिशत वृद्धि गरियो। अर्थतन्त्र चलायमान गराउने र लगानी भित्र्याउने नाममा धनि बर्ग र कम्पनीको आम्दानीमा ब्यापक कर छुटको योजना ल्याइयो। मध्यम वर्गका सक्रिय तथा निबृत्त नागरिकको क्रय शक्तिमा प्रत्यक्ष गिरावट आउनेगरी कर तथा सामाजिक सुरक्षा योगदान रकम समायोजन गरियो।
यसरि एक पछि अर्को गरि मूल्य तथा कर वृद्धिको भार भोग्दै गरेका मध्यम बर्गीय नागरिकलाई संसदबाट पारित एउटा अर्को कानुनले झड्का दियो। सो कानुन अनुसार जनवरी १, २०१९ देखि पेट्रोलियम पदार्थमा कर वृद्धि हुनेवाला थियो।
यातायातमा आधारित व्यवसायी तथा कामको लागि लामो दुरी पार गर्नुपर्ने मध्यम बर्गीय कामदारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि बिरूद्ध सामाजिक संजालमा हस्ताक्षर अभियान चलाए।
यीनै हस्ताक्षर अभियानकर्ताले प्रथम पटक १७ नोभेम्बर २०१८, शनिबार पहिलो पटक < आक्ट एक > नाम दिएर देशभर बिरोध प्रदर्शन गरे। पहेँलो गन्जी (जीलेट जोन) लगाएका आन्दोलनकारीले राजमार्ग अवरूद्ध गर्नाले देश नै ठप्प हुन पुग्यो। स्वतः स्फूर्त उठेको यो जनलहर न त कुनै राजनीतिक पार्टीद्वारा निर्देशित थियो न त कुनै श्रम संगठन द्वारा नै।
हालसम्म जम्मा ८ वटा प्रदर्शन भएका छन्। हरेक शनिबार गरिने यी प्रदर्शनलाई आक्ट एक्, आक्ट दुई, आक्ट तीन, आक्ट चार.... आक्ट आठ भनि नाम दिइएको छ।
माग सम्बोधन नभएमा आक्ट नौ, आक्ट दस, आक्ट एघार .... आदि हुने कुरा निश्चित छ। अन्य दिन सबै जसो मध्यम वर्गीय कामदार तथा सेवा निवृत्त ब्यक्ति पहेँलो गन्जी लगाएर आन्दोलनकारिलाई नैतिक समर्थन जनाइरहेका छन्। हरेक शनिबार लाखौं मानिसले आन्दोलनमा भाग लिइरहेका छन्।
सर्वेक्षण अनुसार करिब ७२ प्रतिशत फ्रेन्च नागरिकले पहेँलो गन्जी आन्दोलनलाई नैतिक समर्थन गर्छ्। सबैजसो प्रतिपक्षी पार्टी पनि आन्दोलनकारीका मागलाई जाहेज माग भनिरहेका छन्। पेट्रोलियम पदार्थको मूल्य वृद्धिको बिरूद्ध सुरू भएको यो आन्दोलनले अहिले राष्ट्रपतिको राजीनामा, जनमत संग्रहद्वारा नयाँ कानुन प्रस्ताव गर्न पाउनुपर्ने नयाँ प्रावधान हुनुपर्ने, कम्पनीहरूको लागतमा कामदारहरुको तलब वृद्धि हुनुपर्ने, संसदमा समानुपातिक प्रतिनिधित्व हुनुपर्नेलगायत ४२ वटा माग प्रस्तुत गरेको छ।
सबैजसो माग मध्यम बर्गीयको क्रय शक्तिमा वृद्धि गर्ने र पिछडिएका दुर्गम गाउँलाई राष्ट्रिय विकासको मूल प्रवाहमा ल्याउनुपर्नेसँग सम्वन्धित छन्।
https://twitter.com/twitter/statuses/1081660492492488710
आन्दोलन किन हिंश्रक?
यो दुई महिनामा ८ वटा शनिबार भएका देशब्यापी प्रदर्शनमा १० जनाको मृत्यु भयो, हजारौं पक्राउ परेका छन्। हजारौकै संख्यामा घाइते छन्। आक्ट ४ को दिन फ्रान्सकै मुटु मानिने आर्क द त्रिओम्फ कब्जामा लिएर तोडफोड गरियो। आक्ट ७ मा केही सिथिल देखिएको आन्दोलन आक्ट आठमा निकै आक्रामक थियो।
प्रहरी र आन्दोलनकारी बिचको भिडन्तका भिडिओले सामाजिक सञ्जाल भरिएका छन्। आक्ट आठ कै दिन निर्माण कम्पनीको उपकरण प्रयोग गरि मन्त्रालयको गेट फोरेर आन्दोलनकारी मन्त्रालय भित्र छिरे। हालसम्म सयौं गाडी फोरिए, जलाइए, सयौं पसलहरू फोरिए, लुटिए, सार्वजनिक सम्पत्तिको तोडफोड गरियो।
तर जीलेट जोन (आन्दोलनकारी) शान्तिपूर्ण आन्दोलनका पक्षपाती हुन्। यो सबैजसो बितण्डा फ्रान्सका सहरी गुरिल्लाले गरेका हुन्।
फ्रान्सका सबैजसो शान्तिपूर्ण आन्दोलनमा सहरी गुरिल्लाको घुसपैठ हुनेगर्छ। यिनीहरूसँगै कहिलेकाँही अवसरवादी लुटेराहरू पनि आन्दोलनमा छिर्ने गर्छन्।
फ्रान्समा मुख्य गरि दुई थरि सहरी गुरिल्ला सक्रिय छन्: पहिलो, उग्र वामपन्थिहरू, यिनीहरूले पूँजिवादलाई नै सबै समस्याको जड मान्छन्। वर्तमान सरकारलाई पूँजिवादी संरचनाको संरक्षक ठान्छ्।
पूँजीवादी संरचना र यसका संरक्षकलाई ध्वस्त पार्नुपर्छ भन्ने कुरामा उनीहरू दृढ छन्। उनीहरू बर्गबिहिन राज्यसत्ताको कल्पना गर्छन्।
दोस्रो, कट्टर राष्ट्रवादीहरू, यिनीहरूले आप्रवासीलाई सबै समस्याको जड मान्छन्। वर्तमान राज्य प्रणालीलाई पूर्ण रूपमा परिवर्तन नगरेसम्म फ्रेन्च नागरिकको हातमा सत्ता आउदैन। यो नभएसम्म आप्रवासीको आगमन रोकिँदैन भन्ने कुरामा उनीहरू विश्वस्त छन्।
दुवैथरि गुरिल्लाको एउटा साझा उद्धेस्य छ- त्यो हो वर्तमान सत्ताको खारेजी।
यी दुवै समूहले चुनावबाट वर्तमान सत्ता परिवर्तन हुन्छ भन्ने कुरामा विश्वास गर्दैनन्।
अतः यी दुवै समूहका सहरी गुरिल्ला आफ्नो विचारमा दृढ छन् र दंगा मच्चाउन आवश्यक तालिम प्राप्त हुन्छन्। अन्य समूहले गरेको शान्तिपूर्ण आन्दोलनमा छिर्नु अगाडि अश्रु ग्यासबाट बच्ने उपकरण, आफ्नो भेष बदल्न सकिने कपडा, आकर्मण र तोडफोड गर्नका लागि प्रयोग हुनसक्ने घरेलु औजार, सम्पर्क उपकरण आदि लिएर आन्दोलनकारीको बीच बिचमा छिर्छन्।
जब आफ्ना सबै साथीहरुको संकेत प्राप्त हुन्छ, उनीहरु आफ्नो भेष बदल्छन् र तोडफोड - आक्रमण सुरु गर्छन्।
प्रहरीलाई आक्रमण गर्ने, पसलहरू तोडफोड गरेर सामानहरू लुट्ने, गाडी तथा भवनहरू जलाउने आदि आदि।
यसरि २/ ४ घण्टा दंगा मच्चाएपछि आफ्ना भेष बदल्न प्रयोग गरिएका सामाग्री फ्याँकिदिन्छन् र सामान्य आन्दोलनकारी बन्छन्।