राष्ट्रिय जनमोर्चाले राष्ट्रियसभामा तीन जना उम्मेदवार उठाउने भएको छ।
यसअघि प्रतिनिधि र प्रदेश सभामा वाम गठबन्धनसँग तालमेल गरेको जनमोर्चाले राष्ट्रियसभामा तालमेलबिनै उम्मेदवार उठाएको हो।
'हामीले तालमेलका लागि कुरा गरेका थियौँ तर उहाँहरुकै आकांक्षी धेरै रहेछन्,' जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले सेतोपाटीसँग भने, 'त्यही भएर हामीले एक्लै उम्मेदवार उठाएका हौँ।'
जनमोर्चाले कृष्ण अधिकारी, मीना पुन (प्रदेश ५) र रश्मिराज नेपाली(प्रदेश ४)लाई उम्मेदवार बनाउने निर्णय गरेको केसीले जानकारी दिए।