नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति, सुशासन र समृद्धि मुलुकको प्रमुख मुद्दा भएको बताएका छन्।
ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले आज ललितपुरमा आयोजना गरेको कार्यक्रममा उनले भने, ‘हामीले जनताका बीचमा गरेका स्थिरता, शान्ति, सुशासन र समृद्धिको प्रतिबद्धता मुलुकको मुख्य एजेण्डा हो।’
अध्यक्ष दाहालले ‘अब देशलाई शान्ति, सुशासन र समृद्धिको यात्रामा अघि बढाउँछौँ’ भन्दै ‘हामीले चलाएको दश वर्षे जनयुद्ध पनि शान्तिका लागि थियो, सुशासनका लागि थियो, विकासका लागि थियो, अहिले हामी त्यही संकल्पमा छौँ।’
माओवादी प्रवक्ता पम्फा भुसालले राजनीतिक स्थायित्व र जनअपेक्षालाई सम्बोधन गर्न वाम गठबन्धन सफल रहने र त्यसका लागि नेकपा (माओवादी केन्द्र) प्रतिबद्ध भएर लागेको बताए।