कीर्तिपुर नगरपालिकाले मेयर, उपमेयर र वडाध्यक्षका लागि मासिक पारिश्रमिक तोकेको छ।
नगरसभाबाट पारित बजेटमा मेयरको ३५ हजार, उपमेयरको ३० हजार रुपैयाँ मासिक पारिश्रमिक नगरसभाले पारित गरेको मेयर रमेशमान महर्जनले सेतोपाटीलाई जानकारी दिए।
वडाध्यक्षहरूका लागि भने १८ हजार रुपैयाँ पारिश्रमिक तोकिएको उनले बताए।
'हामीले कानुनबमोजिम नै पारिश्रमिक तोकेका हौं,' उनले भने, 'संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले पठाएको निर्देशनमा पनि आन्तरिक स्रोतबाट पारिश्रमिक तोक्न मिल्ने उल्लेख छ।'
नियमित समय दिनुपर्ने भएकाले कार्यपालिकामा रहेर काम गर्ने जनप्रतिनिधिलाई समय दिनुपर्ने उनले बताए।