गृह मन्त्रालयले रिक्त भएको लामो समयपछि नेपाल प्रहरीका ११ जना डिआइजीलाई एआइजीमा बढुवाका लागि सिफारिस गरेको छ ।
बमबहादुर भण्डारी,जयबहादुर चन्द बढुवाका लागि सिफारिस हुदाँ डिआईजी नवराज सिलवाललाइ भने जानी जानी छुटाइएकाे छ। अाइजिपी नियुक्त भएर काम गर्न नपाएका चन्दलाई भने सरकारले २ नम्बरमा एअाइजी बढुवाका लागि सिफारिस गरेको छ।
नवराज सिलवालले चन्दलाई आइजिपी बनाउने निर्णय बदर गर्दै सर्वोच्च अदालत गएपछि अदालतले उनको बढुवा बदर गरेको थियो। त्यसपछि सरकारले प्रकाश अर्याललाई आइजिपीमा नियुक्त गरेको थियो।
डिआइजीहरु देवेन्द्र सुवेदी, पशुपति उपाध्याय, केशरीराज घिमिरे, माधवप्रसाद जोशी, विजयलाल कायस्थ, कमल सिंह बम, मिङमार लामा, रणबहादुर चन्द र विजयकुमार भट्ट बढुवाका लागि सिफारिसमा परेका छन्।
हेमन्त पाल, माधव नेपाल र मधु पुडासैनी एअाइजी बढुवामा परेनन्।
५ महिनाभित्र नेपाल प्रहरीलाई संघीयतामा लैजाने र त्यस अनुरुप डिआइजीलाई एआइजीमा बढुवाका लागि सिफारिस गरेको गृह मन्त्रालयले जनाएको छ। एक दुइ दिनभित्रै एसएसपीहरुकाे पनि डिआइजीमा बढुवा निकाल्ने गृहको तयारी छ।
किन छुटाइएको नवराज सिलवाललाईचन्दलाई आइजिपी नियुक्त गरेपछि मात्र होइन सिलवाल अर्याललाई आइजिपी बनाएपछि पनि अदालतमा गएका थिए । सो मुद्दा अहिले सर्वोच्चमा विचाराधिन छन् । मुद्दाको टुंगो नलागेकाले सिलवाललाई एआइजीमा बढुवा नगरिएको गृह मन्त्रालय स्रोतले बतायो।
'सिलवाललाई छुटाउछन् भन्ने हामीलाई पहिल्यै थाहा थियो,' सिलवाल निकट स्रोतले भन्यो, 'बढुवा नगरेर उनलाई डिआइजीबाटै घर फर्काउने योजना बढुवा नगर्नु हो।'