प्रहरी प्रधान कार्यालयले गैरव्यवसायिक आचरण गरेको भन्दै दुई जिल्लाका प्रहरी प्रमुखलाई स्पष्टिकरणका लागि हेडक्वाटर तानेको छ।
प्रहरी प्रवक्ता एसएसपी सर्वेन्द्र खनालका अनुसार सप्तरी र पर्साका प्रहरी प्रमुखहरु अनुराग द्वुवेदी र गोविन्द साहलाई प्रधान कार्यालयले मंगलबार हेडक्वाटर तानेको हो।
‘गृह मन्त्रालयको आदेश अनुसार उहाँहरुले गैरव्यवासायिक आचरण गरेको भनेर हेडक्वाटर तानिएको हो,’ खनालले सेतोपाटीसँग भने।
एमालेको मेची महाकाली अभियानका क्रममा सप्तरी काण्ड भएपछि द्वुवेदी सप्तरीको प्रहरी प्रमुख बनेर गएका थिए।
साहको भने ६ महिनाअघि पर्सा सरुवा भएको थियो।