नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको गृह नगर दमक नगरपालिकामा नेकपा एमालेले अग्रता कायमै राखेको छ ।
एमालेका तर्फबाट मेयरको उम्मेद्धार बनेका रोम ओलीले ३८५ मत ल्याएर अग्रतालाई कायम राखेका हुन्। ओलीलाई राप्रपाका रामकुमार थापाले पछ्याइरहेका छन्। थापाले ३०० मत प्राप्त गरेका छन्। सो नगरमा माओवादी केन्द्रका गगन पुरी तेस्रो स्थानमा छन्। गिरीले २९९ मत पाएको निर्वाचन कार्यालय दमकले जनाएको छ। सो नगरमा नेपाली कांग्रेस चौथो स्थानमा छ। नेपाली कांग्रेसका मेयर ढुण्डीराज भण्डारीले १८० मत पाएका छन ।
दमक नगरमा उपमेयर पदमा पनि नेकपा एमालेले अग्रता लिएको छ। उपमेयरकी उम्मेद्धार गिता कुमारी पौडेलले ३८४ मत प्राप्त गरेकी छन्। मेयर र उपमेयर पदमा १ मतको मात्र फरक छ।
यस्तै नेपाली कांग्रेसकी उम्मेद्धार रेगिना भट्टराईले ३४६ मत ल्याएर दोस्रो स्थानमा उक्लीएकी छन्। नेपाली कांग्रेसका मेयरले प्राप्त गरेको मत भन्दा उपमेयरले १६६ मत बढी प्राप्त गरेकी छन्। राप्रपाकी उम्मेद्धार रीता बस्नेत श्रेष्ठले २२३ र माओवादी केन्द्रकी उम्मेद्धार शान्तिदेवी धिमालले १८१ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ ।
दमक नगरपालिका वडा नम्बर १ मा १३ सय मतको गणना गर्दा ३८० मत ल्याएर राप्रपाका वडाध्यक्ष शीर्ष स्थानमा छन्।