बुद्ध एयरले सबै प्रकारका फेयरमा प्रति यात्रु ब्यागेजको वेट बढाएको छ। यसअघि लिन पाइने तौलमा पाँच किलो थप गरिएको बुद्ध एयरले जानकारी दिएको छ।
विभिन्न श्रेणीका टिकटमा फरक फरकफरक ब्यागेजको तौल निर्धारण गरेको बुद्धले सबैमा पाँच किलो तौल बढाएको जानकारी दिएको छ।
यसअघि डी, सी र ई श्रेणीका यात्रुले १० किलो तौलको ब्यागेज निशुल्क लिन पाउँथे भने अब १५ किलो पाउने भएका छन्। त्यस्तै यसअघि १५ किलो पाउँदै आएका ए र बी श्रेणीले अब २० किलो त्यसैगरी वाई श्रेणीकाले २५ किलोसम्म निशुल्क लिन पाउने भएका छन्।