प्रज्ञा प्रतिष्ठानले आफ्नो जन्मजयन्तीको अवसरमा हरेक वर्ष असार ९ गते आयोजना गर्दै आइरहेको राष्ट्रिय कविता महोत्सवमा चन्द्र रानाहँछा पहिलो भएका छन्। ‘आँधीको यात्रा’ कविताले उनलाई पहिलो बनाएको हो। यसअघि ‘थिविया चराको गीत’ नामक कवितासंग्रह प्रकाशित गरिसकेका उनी खोटाङका स्थायीवासिन्दा हुन्।
महोत्सवमा ‘फरक’ शीर्षकको कविताबाट सुवास राई दोस्रो, ‘लोकतन्त्र’ शीर्षकको कविताबाट दीपेन्द्र उपाध्याय, ‘उज्यालोको आत्मकथा’ कविताका लागि उर्मिला कोइराला र ‘फूलहरु जान्दैनन् युद्ध गर्न’ शीर्षकको कविताबाट अमृता स्मृति तेस्रो भएका छन्।