नेपालमा मधेस आन्दोलन चर्किएको लामो समय भइसक्यो। उता, भारतको नेपालीभाषी क्षेत्र दार्जीलिङमा पनि पहिचानको आन्दोलन चर्किरहेको छ। यी आन्दोलनसँग जोडेर नेपालमा पहिचानबारे अनेक क्रिया–प्रतिक्रिया व्यक्त हुँदै आएका छन्।
पहिचान तथा राष्ट्रियताका यस्तै विषयलाई लिएर पुर्णेन्दु झाले फिल्म निर्देशन गरेका छन्। मधेसका मुद्दालाई मुल विषय बनाएको फिल्मभित्र एउटा संवाद छ, ‘सिक्किम दुख्छ, दार्जीलिङ दुख्छ तर, आफ्नै देशको मधेस दुख्दैन।’
फिल्ममा सौगात मल्ल, निखिल उप्रेती, रमेशरञ्जन झा, प्रमोद अग्रहरी, कामेश्वर चौरसिया, मलिना जोशी, अशिष्मा नकर्मी, रमेश बुढाथोकी, नीर शाह, नन्दु श्रीवास्तवलगायतले अभिनय गरेका छन्।
रमेशरञ्जन झा र पुर्णेन्दु झाको संयुक्त लेखनमा तयार फिल्म पुरुषोत्तम प्रधानले खिचेका हुन्। फिल्ममा सुरेन्द्र पौडेलको सम्पादन, प्रवेश मल्लिकको संगीत, कविराज गहतराजको कोरियोग्राफी, हिमाल केसीको द्वन्द्व रहेको छ।
https://www.youtube.com/watch?v=Q_kVtFZhSLI