उम्मेद्धार मनोनयन गर्न निर्वाचन कार्यालय जादै गरेका उम्मेद्धारलाई वाटोमा अवरोध पुर्याउन खोज्ने नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीका दुई जिल्ला तहका नेतालाई आईतबार झापाको दुई अलग अलग स्थानबाट प्रहरीले पक्राउ गरेको छ ।
शिवसताक्षी नगरपलिका वडा नम्बर ८ को डुमामारीमा नेकपा एमालेका उम्मेद्धारलाई अवरोध पुर्याएको आरोपमा स्थानीय प्रहरीले सो समूहका जिल्ला अध्यक्ष उमेश अधिकारीलाई पक्राउ गरेको हो।
शिवसताक्षी नगरपालिकाको निर्वाचन कार्यलयमा उम्मेद्धार मनोनयन गर्न जाने क्रममा बाटोमा अवरोध पुर्याउँदै गरेका अधिकारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय झापाका सूचना अधिकृत प्रहरी नायव उपरीक्षक हरिप्रसाद शर्माले बताएका छन्।
यस्तै नेत्रविक्रम चन्द नेतृत्वकै झापा जिल्ला संचार प्रमुख पारस तिम्सिनालाई पनि प्रहरीले पक्राउ गरेको छ। उनलाई जिल्लाको विर्तामोडबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
पक्राउ परेका दुवै जनालाई आवस्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यलय झापामा राखिएको प्रहरीले बताएको छ।