जथाभावी बाटो काटे २ सय रुपैयाँ जरिवानातिर्नुपर्ने प्रावधान आजबाट हटेको छ। २ सय रुपैयाँ तिर्नु नपरेपनि जथाभावी बाटो भने काट्न पाइने छैन ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले बाटो काट्नेहरुसँग २ सय जरिवाना लिन छाडेको भन्दै बाटो काटे सम्झाइ बुझाइ छाडिदिने बताएकाे छ।
महाशाखाका प्रवक्ता एसपी लोकेन्द्र मल्लले २ सय रुपैयाँ जरिवाना मात्र हटाएको बताए। 'जरिवाना लिने प्रावधान हट्यो भन्दैमा बाटो काट्न भने पाइदैन 'उनले भने।
'बाटाे काट्नेहरुलाई अब सम्झाइ बुझाइ पठाउँछाैं' उनले सेतोपाटीसँग भने 'अहिले बाटो काट्नेहरुमा पनि कमी अाइसकेकाे छ।'
गृहमन्त्री जनार्दन शर्मा प्रभाकरले २ सय रुपैयाँ नलिन प्रहरी महानिरीक्षक प्रकाश अर्याल र ट्राफिक महाशाखा प्रमुख डिआइजी मिङमार लामालाई निर्देशन दिएका थिए।
गृहमन्त्री शर्माले पर्याप्त पूर्वाधार बिना नै यात्रुहरुबाट २ सय रुपैयाँ लिन नहुने बताएका थिए। प्रहरीले यही जेठ १६ गतेदेखि जेब्राक्रस बाहेक अन्य स्थानबाट बाटो काटे २ सय जरिवाना लिदैँ आएको थियो । रकम नहुने ३ घन्टा प्रहरी नियन्त्रणमा बस्नु पर्दथ्यो।