काठमाडौं तिलगंगाबाट महानगरीय अपराध महाशाखाको टोलीले सुनसरीको इटहरी ५ घर भइ गंगबुमा बस्दै आएका ३३ वर्षीय दीपक प्रधानलाई नियन्त्रणमा लियो।
उनले त्रिभुवन विमानस्थलको भन्सारबाट २ वटा ठूला कार्टुनमा सामानहरु लिएर आइरहेका थिए। प्रहरीले ती कार्टुन खोल्न लगाई सामानहरु हेर्यो।
कार्टुनमा लत्ताकपडाका साथै गाडीका पाटपुर्जा थिए। गाडीको मास्टर सिलिण्डर नामक पार्टपुर्जाभित्रबाट प्रहरीले ६ वटा टुक्रामा १ किलो ४ सय ग्राम सुन बरामद गर्यो।
मास्टर सिलिण्डरभित्र खाली ठाउँ रहने र त्यही ठाउँमा सुन लुकाइएको थियो। प्रहरीले थप छानबिन गरेपछि प्रधानले आफूलाई रोजीना राईले सामान लिन विमानस्थल पठाएको बताए।
प्रहरीले भोजपुर घइ भइ ललितपुरको हरिसिद्धीबाट वर्ष २४ की रोजीना राईलाई पक्राउ गर्यो। राईले आफ्नो श्रीमान बहराइनमा रहेको र सो सामान उनले नै कार्गो गरेर पठाएको बताएकी छिन्।
प्रहरी भने अनौठो तरिकाका सुन तस्करी भएको भन्दै छक्क परेको छ। महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दिनेश अमात्यले गाडीको पाटपुर्जाभित्र हालेर बहराइनबाट सुन तस्करी हुन थालेको बताए।
'युएइ लगायतका देशबाट पछिल्लो समय धेरै सुन तस्करी भइरहेको थियो,' अव बहराइनबाट पनि तस्करी हुन थालेको भेटियो' उनले भने।
बहराइनबाट यसरी गाडीको पाटपुर्जा धेरै पटक सुन तस्करी भइरहेको प्रहरीको निष्कर्ष छ। प्रहरीले बहराइनबाट सुन पठाउने मनोज राईलाई पनि पक्राउ गर्न इन्टरपोल गुर्हाने भएको छ।
महाशाखाका एसपी प्रकाशजंग कार्कीले संगठित रुपमा नै सुन तस्करी गरेको पाइएकाले राजस्व विभागमा नबुझाइ संगठित अपराधमा मुद्दा चलाइने बताए।