देशले पुरानो अनुभवी व्यक्तिलाई प्रधानमन्त्रीको रुपमा पाएको छ। चौथो पटकका लागि प्रधानमन्त्री हुन कांग्रेस सभापति शेरबहादुर देउवाले बाह्र वर्ष कुर्नु पर्यो। जुन देशमा हरेक नौ/नौ महिनाको औषतमा प्रधानमन्त्री फेरिरहन्छन्। सहमतीको नाममा पालैपालो प्रधानमन्त्रीहरु फेरीए। यो अवधीमा कोही दुई पल्ट भए कोही पार्टीका शीर्ष नेताहरु पालौ पालो प्रधामन्त्री भए। कोही नपाए पछि कर्मचारीको समेत पालो आयो। अहँ तर तपाईँको पालो आएन।
प्रधानमन्त्री हुनको लागि विताएको यो समय पक्कै पनि निकै कष्टप्रद थियो तपाईँको लागि। बल्ल बल्ल साइत जुर्यो तपाईँ प्रधानमन्त्री हुनुभयो। यसमा आपत्ती विरोध केही पनि छैन। न त हर्ष नै छ न त बिस्मात नै।
सत्ता प्राप्तीको लागि राजनीतिक मूल्य मान्यता, आर्दश गौण हुन्छ। हो यस्तै परिपाटीको विकास भएको छ नेपालमा। यसबाट कोही पनि अछुतो छैन। देशमा सरकार फेरिरहन्छन् मन्त्रीहरु फेरीरहन्छन् तर नागरिकको अपेक्षा फेरीएको छैन। नहुनु पर्ने ठीक उल्टो भयो। सरकार परिवर्तन नहुने तर आम नागरिकका अपेक्षाहरु एक पुरा भए पछि अर्को फेरिनु पर्ने हो तर त्यो छैन। नयाँ प्रधानमन्त्री जो भए पनि खुसियालीमा दिप वाल्नुपर्ने अवस्था नेपालमा छैन।
धेरै थोरै जानकार तपाईँ पनि हुनुहोला। डडेल्धुराका सामान्य परिवारबाट देशको वागडोर समाल्न आउनु भएको छ। तपाईँको राजनीतिक यात्रा पक्कै सहज थिएन। तपाईँले हासिल गरेको राजनीतिक सफलता सँगै उपलव्धि निकै गौण छ।
योसहित चार पटक सिहंदरबारको विरासत समाल्न आइपुग्नु भएको छ। कहिले असक्षमको विल्ला भिर्नु भयो। कहिले संसद विघटन गरि हजुरीयाको काखमा पुर्याउनु भो। पार्टी नै फुटाउनु भयो। स्थानीय तहको म्याद सकिए पछि जनप्रतिनिधिविहीन बनाउनुभयो। देशमा पहिलो पटक संकटकाल लगाउनुभयो। पजेरोको संस्कार पनि तपाईँले नै चलाउनु भयो। प्रधानन्यायाधीश शुशीला कार्कीलाई महाभियोग लगाउनको लागि प्रमुख भुमिका निर्वाह गर्नुभयो। लोकतन्त्रलाई दायाँ बायाँ नसोची दरवारमा लगेर बुझाउनु भयो। तपाई हरेक पटकको परीक्षामा फेल हुनु भयो।
यी हिजोका तपाई माथि लागेका र लगाइएका आरोप हुन् कृपया केही हेक्का राख्नु होला। अवको परीक्षामा उत्तिर्ण हुने कोशीश मात्र गरे पनि तपाई सफल हुनुहुनेछ।
तपाईमाथी विभीन्न काल खण्डमा लागेका आरोप र तपाईले गरेका नराम्रा कामहरु तर्फ नलागौ। साच्चीकै देशका लागि कसले पो के गरे भन्ने अर्को प्रश्न उठ्छ र स्वभाविक पनि हो। भोका, नाड्गा, गरिब, वेरोजगारको अबस्था हेर्ने हो भने भयानाक छ। देशको यो भयावह स्थितीवाट तपाई पक्कै पनि जानकार हुनुहुन्छ।
अहिलेसम्म हामी सामान्य नागरिकले बुझेको खोक्रो भाषण गरेको छ, जनतालाई अल्मलाइको छ, भष्ट्रचार गरेको छ, देश विदेश घुमेकै छ बस यही त हो नी। केही सकरात्मक पाटोलाई छोड्ने हो भने।
मंगलबार संसदमा बहुमत ल्याई तपाई प्रधामन्त्री भएको घोषणा हुदै गर्दा उमेरले ७१ वर्षको तपाईको अनुहार टेलिभिजन सेटमा तरुनो देखिएको थियो। अवीर र खादाले तपाई छोपीदां आम नागरिकहरुको आशाको त्यान्द्रो बलेको थिएन।जो आए पनि उस्तै भन्दै न्यास्रो मानेका छन्।
सिहंदरवारको भित्तामा हरेक पल्ट मोनालीसा शैलीमा मुस्काईरहेका फोटो झुण्ड्याइछ। भित्तामा ती फोटोहरु हासीरहे पनि गरिव असाहय,न्याय नपाएका जनताहरुको ओठमा हासो छैन। फोटोहरु फेरिरहन्छन् तर फेरिदैन राजनैतिक संस्कार।
तपाईँका आसेपासे, कार्यकर्ताले हर्षोउल्लासपूर्वक बाजावाजासहित खुसियाली मनाए। खुसीको उन्मातमा कयौ व्राण्डेड मदिराहरु खोलीए होला। रात्रीभोजको आयोजना गरिए होला। तल्लो लेवलदेखि उच्च ओदाहको जागिरको लागि , ठेक्का पट्टाको लागि तपाईँको चाकडीहरुको जमात ठूलै छ होला।
तपाईँलाई थाहा हुनुपर्छ देशका दुर दराजमा बस्ने जनताहरुले तपाई प्रधामन्त्री भएकोमा दिपावली गरेनन्। यो तपाई हुँदा मात्र होइन तपाईका पक्ष, विपक्ष दलका सहपाठीहरु प्रधानमन्त्री हुँदा पनि जनता खुसी भएनन्। गणतन्त्र आएको एक दशक भयो। यो एक दशकमा जहांनिया राजतन्त्र फाल्नु वाहेक सम्झन सक्ने कुनै काम नै भएनन्।
नेपाली जनताहरुको फराकिलो ह्दय छ। जस्तो सुकै परिस्थतिको सामाना गर्न सक्छन्। नेताहरुले पटक पटक दोर्याई दोर्याई गरेका कयौ गल्तीहरुलाई मात्र सानो राम्रो काम गरे माफी दिन्छन्। यस्ता धेरै उदाहरणहरु छन् हाम्रो इतिहासमा। गुण र दोषको आधारमा मूल्याड्न गर्ने क्षमता छ जनतामा। राम्रो काम गर्नेलाई असाध्य न्यायो सद्भाव दिन्छन् चाहे जुन सुकै पाटीको होस। नेपालको चालिसौं प्रधामन्त्री हुदै गर्दा तपाईले विगतका सबै तिता कामहरुलाई विर्सने गरि मात्र एक काम गरिदिनुस् विन्ती छ जनताले देख्ने गरि भोग्ने गरि सुशासन र विकासको पक्षमा यस पटक केही गरेर देखाइदिनुस देउवा सर।