नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यतर्फको बाँकी रहेको मतगणना सुरू भएको छ। शनिबारसम्म २३९३ मत गणना गरेर स्थगित मत गणना केहीबेर अघि सुरू भएको हो।
निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेका अनुसार शनिबार दिउँसो १२ बजेदेखि सुरू भएको मतगणना राति ११ बजेसम्म गरिएको थियो।
खुला केन्द्रीय सदस्यतर्फ ४६८२ मत खसेको छ ।
हालसम्म २३९३ मत गणना हुँदा निवर्तमान महामन्त्री डा. शशांक कोइराला १९७१ मतसहित पहिलो नम्बरमा छन् । उनले सुरूदेखि नै अग्रता लिइराखेका छन् । यस्तै, १५३८ मतसहित एनपी साउद दोस्रो नम्बरमा छन् भने १५०७ मतसहित बालकृष्ण खाण तेस्रो नम्बरमा छन् ।
त्यस्तै, चौंथोमा रमेश लेखक र पाचौंमा उदयशमशेर राणा छन् । लेखकको १४५२ तथा राणाको १४४५ मत छ।
शीर्ष ३५ को सूची
१) डा.शशांक कोइराला-१९७१
२) एनपी साउद-१५३८
३) बालकृष्ण खाँण-१५०७
४) रमेश लेखक-१४५१
५) उदय शमशेर राणा -१४४५
६) शंकर भण्डारी-१४३७
७) ज्ञानेन्द्रबहादुर कार्की-१४२३
८) रामहरि खतिवडा-१३९५
९) अर्जुननरसिंह केसी- १३८३
१०) गोपालमान श्रेष्ठ -१३२३
११) जिप छिरिङ्ग लामा-१३१२
१२) जीतजङ्ग बस्नेत-१२८३
१३) नैनसिंह महर-१२८३
१४) डा.रामशरण महत-१२८१
१५) गोविन्द भट्टराई-१२७७
१६)सुनिलबहादुर थापा-१२४६
१७) बल बहादुर केसी-१२३३
१८) दिलेन्द्र प्रसाद बडू-१२३१
१९) मोहनबहादुर बस्नेत-१२०२
२०) दीपक गिरी-११७४
२१) सुरेन्द्रराज पाण्डे-११५१
२२) कुन्दनराज काफ्ले-११४३
२३) पद्मनारायण चौधरी-११३७
२४) गुरु बराल-१०३६
२५) सञ्जयकुमार गौतम-१००१
२६) गोविन्द राज पोखरेल-९६२
२७) गोपाल दहित-९३१
२८) राजीव ढुंगाना-९३५
२९) कृष्णकिशोर घिमिरे ९२९
३०) दिनेश कोइराला -९२५
३१) वीरेन्द्रकुमार कनौडिया-९१९
३२) ई. मोहन आचार्य-९१३
३३) अजयबाबु शिवाकोटी- ९०९
३४) मदनबहादुर अमात्य- ९०८
३५) उमेशजंग रायमाझी-८९१
कांग्रेस केन्द्रीय समितिमा खुलातर्फ जम्मा ३५ जना निर्वाचित हुन्छन्। सूचीको ३६ औं नम्बरमा ८८८ मतसहित गणेश लामा, ३७ औं नम्बरमा ८७१ मतसहित मंगलप्रसाद थारू र ३८ औं नम्बरमा मनोजमणि आचार्य छन्।