नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्यका लागि भएको मतदानपछि मतगणनामा शशांक कोइरालाको अग्रता छ।
१२१ केन्द्रीय सदस्यका लागि करिब पाँच सय जना चुनावी मैदानमा थिए। खुलातर्फ पनि मतगणना सुरू गरिएको छ। खुलातर्फ जम्मा ३५ जनाको सिट छ। खुलातर्फको ३५ सिटमा ९९ जना उम्मेदवार थिए।
एक महाधिवेशन प्रतिनिधिले खुलातर्फ ३५ केन्द्रीय सदस्यलाई मतदान गर्न पाउँछन्।
६५ मत गणना गर्दा निवर्तमान महामन्त्री शशांक कोइराला अगाडि छन्। उनी ५९ मतसहित अगाडि छन्। कांग्रेस महाधिवेशनमा चार हजार छ सय भन्दा बढी मत खसेको छ।
मतगणना १५ ठाउँमा गरिएको छ। मतपरिणाम सम्भवत भोलि बिहानसम्म आइसक्ने निर्वाचन समितिले जनाएको छ।
६५ मत गन्दा
१. शशांक कोइराला- ५९
२. अर्जुननरसिंह केसी- ४८
३. एनपी साउद- ४६
४. बालकृष्ण खाण- ४६
५. रामशरण महत- ४६
६. शंकर भण्डारी- ४६
७. रामहरि खतिवडा- ४५
८. रमेश लेखक- ४३
९. ज्ञानेन्द्र कार्की- ४२
१०. उदयशम्शेर राणा- ४१
११. नैनसिंह महर- ४१
१२. दिपक गिरी- ४०
१३. जितजंग बस्नेत- ३९
१४. दिलेन्द्र बडु- ३९
१५. गोपालमान श्रेष्ठ- ३८
१६. कुन्दन काफ्ले- ३७
१७. गोविन्द भट्टराई- ३७
१८. सुनिल थापा- ३७
१९. गुरू बराल- ३६
२०. जीपछिरिङ लामा- ३६
२१. मोहन बस्नेत- ३६
२२. सुरेन्द्र पाण्डे- ३६
२३. बलबहादुर केसी- ३३
२४. अजयबाबु शिवाकोटी- ३२
२५. दिनेश कोइराला- ३२
२६. गोविन्द पोखरेल- ३०
२७. तीर्थ खनिया- ३०
२८. दिपक कँडेल- ३०
२९. पद्मनारायण चौधरी- ३०
३०. गणेश लामा- २६
३१. केदार कार्की- २५
३२. मदन अमात्य- २५