राजधानीमा जारी नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत मधेसी क्लस्टरको सह-महामन्त्रीमा सभापति शेरबहादुर देउवा समूहका महेन्द्र यादवले अग्रता कायमै राखेका छन्।
२०२५ मत गणनामा महेन्द्रले १००६ मत पाएका छन्। यस्तै शेखर कोइराला समूहका रामकृष्ण यादव ७३६ मतसहित उनलाई पछ्याइरहेका छन्। अर्का उम्मेदवार रञ्जित कर्णले २५८ मत पाएका छन्।
***
यसअघि कांग्रेसका आठ सहमहामन्त्रीमध्ये तीन क्लस्टरका सहमहामन्त्रीको बिहीबार नै टुंगो लागेको छ। अबेर राति सकिएको मतगणनामा दलिततर्फ जीवन परियार, महिलातर्फ महालक्ष्मी उपाध्याय र आदिवासी/जनजातितर्फ भीष्मराज आङ्देम्बे निर्वाचित भएका छन्। परियार सभापति उम्मेदवार शेखर कोइराला प्यानलका हुन् भने उपाध्याय र आङ्देम्बे सभापति शेरबहादुर देउवा समूहका हुन्।
अब खस आर्य, मधेसी, थारू, मुस्लिम र पिछडिएको क्षेत्रका सहमहामन्त्रीको मतगणना हुन लागेको हो।
खस आर्यको सहमहामन्त्रीमा देउवा प्यानलबाट किशोरसिंह राठौर, कोइराला समूहबाट देवराज चालिसे उम्मेदवार छन्।
थारूतर्फ उमाकान्त चौधरी र तेजुलाल चौधरी उम्मेदवार छ। उमाकान्त देउवा समूहका हुन् भने तेजुलाल कोइराला प्यानलका हुन्।
मुस्लिमतर्फ देउवा समूहबाट फर्मुल्लाह मन्सुर र कोइराला समूहबाट शेख वकिल उम्मेदवार छन्।
पिछडिएको क्षेत्रतर्फ जीवनबहादुर शाही, बद्री पाण्डे र चेतनाथ बराल उम्मेदवार छन्। शाही देउवा समूहका हुन् भने पाण्डेले कोइराला र बरालले विमलेन्द्र निधिको प्यानलबाट उम्मेदवारी दिएका हुन्।
मधेसीतर्फ देउवा समूहका महेन्द्र यादव, कोइराला समूहका रञ्जित कर्ण र निधि प्यानलबाट रामकृष्ण यादव उम्मेदवार छन्।