नेपाली कांग्रेसको जारी १४औं महाधिवेशनका एक सभापति उम्मेदवार प्रकाशमान सिंहले दोस्रो चरणको निर्वाचनमा आफूले शेरबहादुर देउवालाई निसर्त समर्थन गरेको बताएका छन्।
अहिले राष्ट्रिय सभागृहमा भइरहेको दोस्रो चरणको निर्वाचनकै बीचमा सिंहले विज्ञप्ति जारी गर्दै आफूले कुनै पद लिने सम्झौतामा देउवालाई समर्थन नगरेको बताएका हुन्।
'प्रथम चरणको निर्वाचनमा सबभन्दा बढी मत प्राप्त गर्नुभएको तथा आफ्नो कार्यशैलीमा परिवर्तन गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हुँदा मैले मेरो स्ट्रेट फरवार्ड स्वभावअनुरुप उहाँलाई समर्थन गरेको हुँ,' सिंहले विज्ञप्तिमा उल्लेख गरेका छन्।