राजधानीमा जारी नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत सभापति चयनका लागि दोस्रो चरणको मतदानमा १५ सय बढीको मत खसेको निर्वाचन समितिले जानकारी दिएको छ।
दिउँसो साढे तीन बजेदेखि सुरू भएको मतदानमा हालसम्म १५ सयभन्दा बढीले मत खसालेको निर्वाचन समितिका तेजबहादुर रावलले जानकारी दिए।
अझै २ हजारभन्दा बढी मतदाता लाइनमा लागेर मतदान गरिरहेका छन्।
समितिका अनुसार मत खसाल्ने समय साँझ ७ बजेसम्मका लागि तोकिएको छ।
यसैबीच मतदातासँग उम्मेदवारहरूले मत मागिरहेका छन्। एकातर्फ शेरबहादुर देउवा, बिमलेन्द्र निधि र प्रकाशमान सिंहले देउवाका लागि भोट मागिरहेका छन् भने अर्को तर्फ शेखर कोइरालाका लागि मत मागिरहेका छन्।
मतदानमा गगन थापा, चन्द्र भण्डारी र मिनेन्द्र रिजाललगायतले भोट मागिरहेका छन्।
भण्डारी शेखरको प्यानलबाट उपसभापतिका उम्मेदवार हुन्। थापा र रिजाल भने महामन्त्रीका उम्मेदवार हुन्।
दोस्रो चरणको जारी मतदानमा शेरबहादुर देउवा र कोइरालाबीच प्रतिस्पर्धा भइरहेको छ। यसकारण उनीहरूले आफ्ना प्यानलका सभापतिका लागि मत मागेका हुन्।
पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि दोस्रो चरणको मतदान भएको हो।
निर्धारित समयभन्दा मतदान केही समय लम्बिने देखिएको छ।
हेर्नुहोस् तस्बिरहरू