राजधानीमा जारी नेपाली कांग्रेसको नेतृत्व चयनका लागि दोस्रो चरणको मतदान अहिले जारी छ।
मंगलबार दिउँसो साढे ३ बजेबाट सुरू भएको मतदान बेलुका साढे सात बजेसम्म चल्नेछ। मतदानका लागि कांग्रेसका महाधिवेशन प्रतिनिधि राष्ट्रियसभा गृह बाहिर लाइन बसेका छन्।
राष्ट्रियसभागृह बाहिर प्रदर्शनीमार्गमा कांग्रेस नेता कार्यकर्ताको ठूलो भीड लागेको छ। प्रहरीले महाधिवेशन प्रतिनिधिलाई मात्र कार्ड हेरेर राष्ट्रिय सभागृहमा प्रवेश दिएको छ।
पहिलो चरणको निर्वाचनमा सभापतिका कुनै पनि उम्मेदवारले बहुमत ल्याउन नसकेपछि पुन: मतदान हुन लागेको हो। दोस्रो चरणमा शेरबहादुर देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा हुनेछ।
सभापतिका दुबै उम्मेदवारहरू मतदानस्थलमा आइसकेका छन्।