नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रकाशमान सिंहको निर्णयलाई साथ दिने बताएका छन्।
मंगलबार आएको मतपरिणामअनुसार सभापति पदमा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत नपाएपछि पुनः दोस्रो चरणमा चुनाव हुन लागेको हो।
पहिलो चरणमा धेरै मत ल्याउने शेरबहादुर देउवा र शेखर कोइरालाबीच नेतृत्वका लागि निर्वाचन हुन लागे हो।
यसैबीच सभापतिमा तेस्रो बढी मत ल्याएका प्रकाशमान सिंहले देउवालाई समर्थन गर्ने भएपछि सिंहकै प्यानलमा महामन्त्रीका उम्मेदवार भएका विश्वप्रकाश शर्माले पनि देउवालाई समर्थन गर्ने बताएका हुन्।
‘सर्वसम्मति सर्वोत्तम, दोस्रो चरणमा जानैपर्दा प्रस्ट्याउँदछु-नेता प्रकाशमान सिंहको नेतृत्वमा महामन्त्रीको उम्मेदवार भएकाले उहाँ उभिनुभएको ठाउँमा म उभिनुपर्छ। पराजित भए पनि उहाँलाई साथ दिनु मेरो कर्तव्य हो’, शर्माले भने, सही निर्णय गर्नसक्ने उहाँको क्षमताप्रति म विश्वस्त छु।’