नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा पार्टी नेता विमलेन्द्र निधिलाई भेट्न उनको निवास पुगेका छन्।
सभापति देउवा १४ औं महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा पनि सभापति पदमै उठेका थिए। आज आएको मतपरिणाम अनुसार देउवाले ५० प्रतिशत मत कटाउन सकेनन्।
देउवाले २२५८ मत ल्याएका थिए। देउवा र दोस्रो बढी मत ल्याएका शेखर कोइरालाबीच सभापति पदका लागि आज अपरान्ह ३:३० बजेदेखि मतदान हुने भएको छ।
देउवालाई सभापतिमा प्रकाशमान सिंहले समर्थन गरिसकेका छन्। सिंह पनि सभापति उम्मेदवार थिए। सिंहले जम्मा ३७१ मत मात्रै ल्याएका थिए।
निधिबाट पनि समर्थन लिन देउवा उनकै निवास बानेश्वर पुगेका हुन्। निधि पनि सभापति पदका उम्मेदवार थिए। उनले जम्मा २४९ मत ल्याएका थिए।
तस्बिरहरू: