दोस्रो चरणको निर्वाचन हुने भएपछि सभापतिका उम्मेदवार शेखर कोइरालाले अर्का उम्मेदवार प्रकाशमान सिंहसँग भेट गरेका छन्।
कोइराला मंगलबार बिहान सिंहलाई भेट्न उनको निवास चाक्सीबारी पुगेका थिए।
पहिलो चरणको चुनावमा सिंहले ३७१ मत ल्याएका थिए। कोइरालाले १७२९ मत ल्याएका थिए।
सभापतिका अर्का उम्मेदवार शेरबहादुर देउवाले २२५८ मत ल्याएका थिए। विमलेन्द्र निधिले २४९ मत ल्याएका छन्।
अब सभापतिमा अन्तिम प्रतिस्पर्धा बढी मत ल्याएका देउवा र कोइरालाबीच हुने छ।
निधि र सिंह दुबैले कसलाई समर्थन गर्छन् उही सभापति निर्वाचित हुन्छन्।
सिंह र निधि दुबैलाई आफूलाई समर्थन गर्न कोइरालाले अनुरोध गरेको उनीनिकट स्रोतले बतायो।
निधिसँग कोइरालाले फोनमा कुराकानी गरिसकेका छन्। निधिलाई भेट्न कोइराला जाँदैछन्।
निधि र सिंह दुबैले समर्थन गरे मात्र कोइरालाले आवश्यक पचास प्रतिशतबढी मत पुर्याउन सक्छन्।