काठमाडौंमा जारी नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत सभापति पदको मतगणना सकिएको छ। मतगणनामा सभापतिका पाँच उम्मेदवारमध्ये शेरबहादुर देउवा र शेखर कोइराला मुख्य प्रतिस्पर्धी देखिए पनि कुनैले ५० प्रतिशतभन्दान बढी मत पाएनन्।
निर्वाचन समिति सदस्य एगराज पोखरेलका अनुसार पहिलो चरणमा कसैले पनि ५० प्रतिशतभन्दा बढी मत नल्याएपछि दोस्रो चरणमा जानुपर्ने अवस्था आएको हो।
पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणमा शेरबहादुर देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा हुने भएको पोखरेलले जानकारी दिए।
कसले कति मत पाए?
जम्मा गणना- ४६८१
शेरबहादुर देउवा : २२५८
शेखर कोइराला : १७२९
प्रकाशमान सिंह: ३४७
विमलेन्द्र निधि: २७३
कल्याण गुरुङ : २०
अन्तिम मत परिणाम घोषणा हुन बाँकी छ।