नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिका लागि भएको पहिलो चरणको मतदानबाट सभापतिको टुंगो लाग्न सकेन।
खसेको ४ हजार ६ सय ७९ मतमध्ये कुनै उम्मेदवारले पनि ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि फेरि चुनाव हुने भएको छ।
पहिलो चरणमा सबैभन्दा शेरबहादुर देउवाले मत पाएका छन् भने दोस्रो नम्बरमा शेखर कोइरालाले मत ल्याएका छन्।
प्रकाशमान सिंह तेस्रो र विमलेन्द्र निधि चौथो भएका छन्।
पाँचौं नम्बरमा रहेका उम्मेदवार कल्याण गुरूङले २२ मत पाएका छन्। अर्थात् कांग्रेस महाधिवेशनमा मत खसालेका ०.४७ प्रतिशत मतदाताले गुरूङलाई मत हालेका छन्।