काठमाडौंमा जारी नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत सभापति पदको मतगणना भइरहेको छ। मतगणनामा सभापतिका पाँच उम्मेदवारमध्ये शेरबहादुर देउवा र शेखर कोइराला मुख्य प्रतिस्पर्धी देखिएका छन्।
निर्वाचन समितिका अनुसार अहिलेसम्म ४ हजार मत गणना सकिएको छ।
यो गणनामा देउवाले अग्रता कायमै राखेका छन्। देउवालाई कोइरालाले पछ्याइरहेका छन्।
मंगलबार बिहान ४ बजेदेखि सभापतिको मतगणना सुरू गरिएको छ। मतगणनामा सुरुवाती अग्रता देउवाकै छ।
महाधिवेशनमा ४ हजार ७ सय ४३ जना मतदातामध्ये ४ हजार ६ सय ७९ ले मत खसालेका छन्।
कांग्रेस सभापतिमा निर्वाचित हुन कुल खसेको मतमध्ये ५० प्रतिशतभन्दा बढी मत आवश्यक पर्छ। यदि कुनै पनि उम्मेदवारले त्यस्तो मत नपाएमा दोस्रो चरणमा मतदान गर्नुपर्ने हुन्छ।
पहिलो चरणमा सबैभन्दा बढी मत ल्याउने दुई उम्मेदवार दोस्रो चरणमा भिड्छन्। कम ल्याउने उम्मेदवारले जसलाई सहयोग गर्छन् उही सभापति निर्वाचित हुने छ।
कसले कति मत पाए?
हालसम्मको गणना- ४०००
खसेको मत- ४६७९
हालसम्मको मतगणना | |
नाम | जम्मा गणना | प्राप्त मत | प्रतिशत |
शेरबहादुर देउवा | ४००० | १९०० | ४७.५० |
शेखर कोइराला | ४००० | १४६७ | ३६.६८ |
विमलेन्द्र निधि | ४००० | २३० | ५.७५ |
प्रकाशमान सिंह | ४००० | २९६ | ७.४० |
कल्याण गुरूङ | ४००० | २० | ०.५० |
बदर मत | ४००० | ८७ | २.१८ |
| | ४००० | १०० प्रतिशत |