नेपाली कांग्रेसको जारी १४औं महाधिवेशनअन्तर्गत सभापति पदमा शेरबहादुर देउवा र डा. शेखर कोइरालाको प्रतिस्पर्धा चलिरहेको छ।
मतगणनामा सभापतिका पाँच उम्मेदवारमध्ये शेरबहादुर देउवा र शेखर कोइराला मुख्य प्रतिस्पर्धी छन्।
निर्वाचन समितिका अनुसार अहिलेसम्म एक हजार मत गणना भएको छ।
यो गणनामा देउवाले अग्रता कायमै राखेका छन्। देउवा ४७३ मतसाथ अगाडि छन्।
उनलाई कोइरालाले पछ्याइरहेका छन्। कोइरालाले ३७६ मत ल्याएका छन्।
सभापतिका अर्का उम्मेदवार विमलेन्द्र निधिले ४९, प्रकाशमान सिंहले ९१ र कल्याण गुरुङले ३ मत ल्याएका छन्।
मंगलबार बिहान ४ बजेदेखि सभापतिको मतगणना सुरू गरिएको छ। मतगणनामा सुरुवाती अग्रता देउवाकै छ।
महाधिवेशनमा ४ हजार ७ सय ४३ जना मतदातामध्ये ४ हजार ६ सय ७९ ले मत खसालेका छन्।
कांग्रेस सभापतिमा निर्वाचित हुन ५१ प्रतिशत मत आवश्यक पर्छ। यो प्रतिस्पर्धा कायमै रहे पहिलो चरणमा सभापति पदमा कसैको ५१ प्रतिशत नपुग्न सक्छ।
त्यसो भए दोस्रो चरणमा मतदान गर्नुपर्ने हुन्छ। पहिलो चरणमा सबैभन्दा बढी मत ल्याउने दुई उम्मेदवार दोस्रो चरणमा भिड्छन्। कम ल्याउने उम्मेदवारले जसलाई सहयोग गर्छन् उही सभापति निर्वाचित हुने छ।