नेपाली कांग्रेसको जारी १४औं महाधिवेशनअन्तर्गत सभापति पदको मतगणना सुरू भएको छ।
मंगलबार बिहान सवा ४ बजेदेखि सभापतिको मतगणना सुरू गरिएको निर्वाचन समितिले जनाएको छ।
सभापतिबाहेक अन्य पदको मतगणना भने कांग्रेस केन्द्रीय कार्यालय सानेपामा गरिने छ।
महाधिवेशनमा ४ हजार ७ सय ४३ जना मतदातामध्ये ४ हजार ६ सय ७९ ले मत खसालेका छन्।
महाधिवेशनमा सभापतिका लागि शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ गरी पाँच जना उठेका छन्।
सभापति पदमा कुल खसेको ५१ प्रतिशत मत ल्याउने व्यक्ति निर्वाचित हुनेछन्। तर, उम्मेदवार धेरै भएका कारण सुरूमा कसैको पनि ५१ प्रतिशत नपुग्न सक्छ।