कांग्रेस १४ औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्वको लागि मतदान प्रक्रिया जारी छ।
भृकुटीमण्डपका २ ठाउँ र राष्ट्रिय सभामा मतदान जारी छ। निर्धारित समयभन्दा करिब ३ घण्टा ढिलो मतदान सुरू भएको थियो।
निर्धारित समयमा मतदान सुरू नभएपछि आज बेलुकी ९ बजेसम्म मतदान गर्न पाउने गरी समय थपिएको छ।
प्रदेश १ र बागमती मतदान स्थलमा मतपत्र व्यवस्थापनमा ढिलाइले गर्दा प्रतिनिधिहरूले गुनासो गर्न थालेका छन्।
करिब एक घन्टा मतपत्र कुर्नुपरेको उनीहरूको गुनासो छ।
यता निर्वाचन समिति सदस्य तेज रावलले मतपत्र व्यवस्थापन भइसकेको र मतदान निरन्तर अगाडि बढ्ने बताए।
मतपत्र छपाइ ढिलो र दुई निर्वाचन अधिकृतले मतपत्रमा हस्ताक्षर गर्नुपर्ने भएकोले ढिलाइ हुन पुगेको उनले बताए।
यसपालि कांग्रेसमा ४७४३ जना महाधिवेशन प्रतिनिधि छन्।
सभापति पदमा शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ प्रतिस्पर्धामा उत्रिएका छन्।