नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले महाधिवेशन प्रतिनिधिहरूलाई चियापान कार्यक्रमका लागि बोलाएका छन्।
मंगलबार बिहान ८ बजे लैनचौर ब्यान्क्वेटमा चियापान कार्यक्रम राखिएको पौडेलको सचिवालयले जानकारी दिएको छ।
पौडेलले कांग्रेसको १४ औं महाधिवेशन प्रक्रियाभन्दा अलग रहेको बताइरहेका छन्। उनी आज भएको मतदानमा पनि सहभागी भएका छैनन्।
उनले आफ्नो समूहबाट सभापतिमा एक जना मात्रै उम्मेदवार दिन चाहेका थिए। तर उनकै समूहका दुई नेता प्रकाशमान सिंह र शेखर कोइराला सभापति उठेका छन्।