नेपाली कांग्रेसमा आगामी नेतृत्वका लागि सभापतिमा उम्मेदवार दिएका प्रकाश मान सिंहले आफूले चुनाव जित्ने दाबी गरेका छन्।
सोमबार भृकुटीमण्डपमा मतदान गरेपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै सिंहले आफूले पहिलो चरणमै चुनाव जित्ने दाबी गरेका हुन्।
‘पहिलो चरमै म चुनाव जित्छु, यदि त्यस्तो भएन भने दोस्रो चरणमा नेतृत्व परिवर्तनको कुरा आउँछ’, सिंहले भने।
सिंहसँगै शेरबहादुर देउवा, शेखर कोइराला, विमलेन्द्र निधि र कल्याण गुरुङ सभापतिको दौडमा छन्। कुनै पनि सभापतिका एक उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेमा दोस्रो चरणको निर्वाचन हुने कांग्रेस विधानमा उल्लेख छ।
बिहान ८ बजेदेखि मतदान सुरू हुने कार्यतालिका भए पनि समयमै मत पत्र नआएपछि करिब साढे तीन घन्टा ढिलो गरि मतदान सुरू भएको हो।
मतदान गर्न एक जनालाई कम्तीमा आधा घन्टा लाग्छ।