नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट नयाँ नेतृत्व छान्नका लागि अहिले मतदान भइरहेको छ। काठमाडौंको भृकुटीमण्डप र राष्ट्रिय सभा गृहमा मतदान जारी छ।
यसअघि बिहान ८ बजेदेखि नै मतदान सुरू हुने कार्यतालिका थियो। मतपत्र छपाइमा ढिलाइ हुँदा साढे तीन घन्टापछि मतदान सुरू भएको हो।
कांग्रेस सभापतिमा उम्मेदवारी दिएका प्रधानमन्त्री शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिहले मतदान गरिसकेका छन्।
महाधिवेशन प्रतिनिधिहरू बिहान ८ बजेदेखि नै लाइनमा बसेका थिए। कांग्रेस महाधिवेशनमा चार हजार ७४३ मतदाता छन्।
मतदान सकिएपछि सुरूमा सभापतिको मतगणना सुरू हुनेछ।