नेपाली कांग्रेसले ११ जातिलाई अल्पसंख्यक अमान्य भन्दै हटाएको छ।
नेपाल सरकारले ०.५ प्रतिशतभन्दा कम जनसंख्या भएको जातिलाई अल्पसंख्यक जातिको मान्यता दिएर २०७४ वैसाख ११ गते राजपत्रमा ९८ जातिको विवरण प्रकाशन गरेको छ।
तर नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको मिति २०७८ साउन ३० मा बसेको बैठकबाट नेपाली कांग्रेस निर्वाचन निर्देशिका २०७८ स्वीकृत गरी ९८ मध्ये ११ जातिलाई अल्पसंख्यकको कोटाबाट हटाएको हो।
नेपाली कांग्रेस निर्वाचन निर्देशिका २०७८ को बुँदा नम्बर ५ को उम्मेदवारको योग्यता प्रमाणित गर्ने शीर्षकको उपदफा पाँचमा अनुसूचि २४ अनुसार २०६८ सालको जनगणनामा एक लाख भन्दा कम जनसंख्या भएका ८७ जातिलाई मात्र समावेश गर्ने गरी उल्लेख गरेको छ।
कांग्रेसको यस्तो निर्णयपछि कलवार, कानु, कुमाल, घर्ती/भुजेल, हजाम/ठाकुर, राजवंशी, शेर्पा, धोवी, तत्मा/तत्वा, लोहार र खल्वे गरी ११ जातिले राज्यले दिएको सूविधाबाट बञ्चित हुनु परेको हो।