नेपाली कांग्रेसको सभापतिमा उम्मेदवारी दिएका नेता शेखर कोइरालाले मतदान हुनुअघि वरिष्ठ नेता रामचन्द्र पौडेललाई भेटेका छन्।
सोमबार बिहान पौडेल निवास बोहराटार पुगेर कोइरालाले पौडेललाई भेटेका हुन्।
भेटका क्रममा पौडेलले कोइरालालाई जितका लागि आशिर्वाद र शुभकामना दिएको कोइरालाका स्वकीय सचिव दिनेश थपलियाले जानकारी दिए।
आफ्नो समूहबाट सर्वसम्मत उम्मेदवार बनाउन नसकेपछि तेह्रौं महाधिवेशनमा सभापति उठेका पौडल अहिले नेतृत्वको दौडबाट बाहिरिएका छन्।
उनको सचिवालयले आज हुने मतदानमा पनि पौडेल सहभागी नहुने बताएको छ।
पौडेलले आफ्नो समूहका नेताहरूलाई मिलेर एक जना उम्मेदवार बन्न नभए आफूलाई सघाउन भनेका थिए। कुरा नमिलेपछि अहिले कोइराला र प्रकाशमान सिंहले सभापतिमा उम्मेदवारी दिएका छन्।