नेपाली कांग्रेसको जारी १४औं महाधिवेशनमा नेतृत्व चयनका लागि मतदानको हुने तयारी भइरहेको छ।
मतदातालाई आफ्नो पक्षमा पार्न उम्मेदवारहरू भोट माग्न व्यस्त छन्।
सभापतिको दौडमा शेरबहादुर देउवा पक्षले पनि केन्द्रीय सदस्यका उम्मेदवार डा. शशांक कोइरालालाई आफ्नो प्यानलमा राखे मतपत्रको नमूना बाँडिरहेको छ। तर, शशांकको निजी सचिवालयले भने शशांक देउवा समूहमा नभएको जिकिर गरेको छ।
शशांकका स्वकीय सचिव भरत तिवारीका अनुसार शशांकको नाम दुबै समूहले राखे पनि शेखर कोइरालाको प्यानललाई नै सहयोग रहने बताए। तिवारीले भने, ‘उहाँ (शशांक) को नाम दुवै समूहले राखेका छन् । तर समर्थन शेखर कोइरालाको प्यानललाई नै हो,’ उनले भने, ‘शशांक दाइ शेखर दाइतिरै हुनुहुन्छ देउवा र प्रकाशमान प्यानलमा पनि नाम छ भन्ने सुनियो, शशांकको नाम राख्छौ पनि भनेका छन् उनिहरुले नाम राखेका छन् भने धन्यवाद भनौं समर्थन शेखरलाई नै हो।’