नेपाली कांग्रेसकी नेता गंगालक्ष्मी अवालले कांग्रेसको १४ औं महाधिवेशनमा केन्द्रीय सदस्य पदको लागि उम्मेदवारी घोषणा गरेकी छन्।
उनले आज यहाँ पत्रकार सम्मेलन गरी आदिवासी/जनजाति महिलातर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेकी हुन्।
अवालले महिला संघको सदस्य, संगठन विभाग पदाधिकारी र महिला संघ भक्तपुरको जिल्ला उपाध्यक्षसमेत भई पार्टीमा जिम्मेवारी सम्हाल्दै आएकोले अब १४ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने प्रस्ट पारिन्।
लोकतन्त्रमा जनजाति महिला तथा सम्पूर्ण महिलाको हकहित सुरक्षित गर्न आफ्नो केन्द्रीय सदस्यमा उम्मेदवारी रहेको उनको भनाइ थियो।
२०४८ सालमा भक्तपुर क्याम्पसबाट नेविसङ्घको राजनीति सुरू गरेकी अवालले वास्तवमा कांग्रेसलाई हामी सबैको बनाउनुपर्छ भन्ने आफ्नो दायित्व र धर्म भएको पनि सुनाइन्।