लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले राजनीतिक दलमा स्थिरता नहुँदा सरकार पनि स्थिर नरहेको बताएका छन्।
राजधानीमा जारी कांग्रेस १४औं महाधिवेशनको उद्घाटन कार्यक्रममा शुभकामना मन्तब्य दिँदै अध्यक्ष ठाकुरले सरकार बनाउन दल स्थिर नभएको परिणामस्वरूप सरकार पनि स्थिर नरहेको बताएका हुन्।
उनले संविधान संशोधन गरेर मधेस र मधेसी जनताको माग सम्बोधन गर्नुपर्ने बताए।
राजनीतिक संघर्षका क्रममा आफ्ना नेता तथा कार्यकर्ताहरू विभिन्न मुद्दा खेपिरहेका र जेल जीवन बिताइरहेको भन्दै उनले उनीहरूलाई रिहाई गर्नुपर्ने बताए।