सत्तारूढ नेपाली कांग्रेसको १४औं महाधिवेशन अबको केहीबेरमा सुरू हुँदैछ। महाधिवेशनको उद्घाटन दिउँसो १ बजे हुनेछ।
महाधिवेशनस्थल भृकुटीमण्डपमा प्रतिनिधिहरू आउनेक्रम सुरू भएको छ। भृकुटीमण्डपवरपर सुरक्षाका लागि प्रहरीको बाक्लो उपस्थिति छ। प्रहरीले सहभागीको कडा सुरक्षा चेकजाँच गराएर कार्यक्रम स्थलमा प्रवेश गराइरहेको छ।
कांग्रेसले करिव १ सय ५० जना अट्ने मूख्य मञ्च निर्माण गरेको छ । ३५ सयको हाराहारीमा महाधिवेशन प्रतिनिधि काठमाडौं आइपुगेका छन्।
ट्राफिक व्यवस्थापन सहज पार्न बिहानैदेखि प्रदर्शनीमार्गमा सवारी प्रवेश निषेध गरिएको छ। राष्ट्रिय सभागृहतर्फ र पद्मोदयमोड तर्फबाट अत्यावश्यकबाहेकका सवारीलाई प्रदर्शनी मार्गमा प्रवेश दिइएको छैन।
सुरक्षाकर्मीलाई पास देखाएर, झोला चेक गराएर मात्र प्रतिनिधिले कार्यक्रम स्थलमा प्रवेश पाउनेछन्।
हेर्नुहोस् तस्बिरहररू