नेपाली कांग्रेसका स्व. नेता खुमबहादुर खड्काकी श्रीमती शिला शर्मा खड्काले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने भएकी छन्।
नेपाली कांग्रेसको शुक्रबारदेखि सुरू हुने १४औं राष्ट्रिय महाधिवेशनमा शिलाले संस्थापन पक्षबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने भएकी हुन्। शिला अहिले पनि पार्टीको केन्द्रीय सदस्य नै हुन्।
उनी दाङबाट महाधिवेशन प्रतिनिधि चुनिएकी छिन्। खुमबहादुरका छोरा अनुरागले पनि केन्द्रीय सदस्यमा भिड्ने तयारी गरेका थिए। तर, मापदण्ड नपुगेपछि उनी पछि सरेका छन्।
नेपाली कांग्रेस विभाजन हुँदा प्रजातान्त्रिक कांग्रेसमा रहेर खड्काले प्रधानमन्त्री शेरबहादुर देउवालाई सहयोग गरेका थिए।