नेपाली कांग्रेसको सहमहामन्त्रीमा मीन विश्वकर्माले उम्मेदवारी घोषणा गरेका छन्।
नेता विश्वकर्माले आज पत्रकार सम्मेलन गरी समावेशी (दलिततर्फ) सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।
नेता विश्वकर्माले कांग्रेसले स्थापनाकालदेखि नै समावेशीतालाई जोड दिएको उल्लेख गर्दै दलित समुदायको हकहित र अधिकारका लागि पार्टीमा आफूले सहमहामन्त्री पदमा उम्मेदवारी दिन लागेको जानकारी दिए।
'सबै उम्मेदवारको टुंगो लाग्न अझै समय लाग्न सक्छ, मैले अहिले आफ्नो उम्मेदवारी घोषणा गरेको हुँ', उनले भने।
विश्वकर्मा कांग्रेसको १२ औं र १३ औं महाधिवेशनमा निर्वाचित केन्द्रीय सदस्य एवं पूर्वमन्त्रीसमेत हुन्।
कांग्रेसको १४ औं महाधिवेशन शुक्रबारदेखि काठमाडौंमा सुरू हुँदैछ।