नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सहभागी प्रतिनिधिले झोला लिन ३ हजार शुल्क बुझाउनु पर्ने भएको छ।
उक्त रकमले महाधिवेशन अवधिभर प्रतिनिधिलाई खान बस्न शुल्क नलाग्ने कांग्रेसले जनाएको छ। झोलाभित्र १०/१५ थान मास्क, खाना-बस्न कुपन, कापी कलम, सेनिटाइजर, कांग्रेस विधान र नियमावली छ।
तनहुँ १ का महाधिवेशन प्रतिनिधि टेक बहादुर गुरूङले तीन हजार शुल्क तिरेर दर्ता गरेका छन्।
'कोरोनाका बेला मास्क सेनिटाइजरलगायत सामान पार्टीले दियो', उनले भने।
भोलि शुक्रबारदेखि कांग्रेसको १४ औं महाधिवेशन सुरू हुँदैछ।