प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले नेपाल नागरिक उड्डयन प्राधिकरणको प्रधान कार्यालय भवनको उद्घाटन गरेका छन्।
प्रधानमन्त्री प्रचण्डले शुक्रबार साँझ सिनामंगलस्थित प्राधिकरणको प्रधान कार्यालय भवनको उद्घाटन गरेका हुन्।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले विभिन्न उतारचढावका बाबजुद प्राधिकरण आजको अवस्थामा आइपुगको स्मरण गरे। आगामी दिनमा प्राधिकरण थप सुदृढ र व्यवस्थित हुँदै जानेमा उनले विश्वास व्यक्त गरे।
पहाडी जिल्लाहरूसहित देशभरिमा ३० वटा विमानस्थलले हवाई सेवा प्रदान गरिरहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले ती विमानस्थलको पूर्वाधार विकास, अत्याधुनिक उपकरणहरूको प्रबन्ध लगायतका विषयमा गम्भीर ध्यान दिनुपर्ने आवश्यकता रहेको बताए।
प्राधिकरणले आगामी दिनमा यस क्षेत्रमा थप मेहनत गर्ने उनको भनाइ छ।
त्रिभुवन विमानस्थलको आधुनिकीकरण गर्ने गुरूयोजना अन्तिम चरणमा पुगेको समेत उनले जानकारी गराए।
तस्बिरहरू: