त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले एकसाथ पाँच सय नयाँ ट्रली खरिद गरेको छ।
हाल प्रयोगमा रहेका अधिकांश ट्रली ब्रेक नलाग्ने, ब्यागेज ट्रली बिग्रेकाले दुर्घटनाको जोखिम बढेको गुनासो यात्रुहरूबाट आएसँगै नयाँ ट्रली खरिद गरिएको विमानस्थल कार्यालयले जनाएको छ।
नयाँ ट्रली सञ्चालनसँगै विगतमा यात्रुहरूले ट्रलीका बारेमा गर्ने गरेको गुनासोको सम्बोधन हुने विमानस्थलका प्रमुख प्रताप तिवारीले बताए।
उनका अनुसार पुराना ट्रलीको लागि मर्मत पार्टस् पनि मगाइएको छ। उक्त पार्टस् आगामी दुई सातामा आइपुग्ने र मर्मत गरी ट्रली अपुग भएको अवस्थामा प्रयोगमा ल्याइनेछ।
साथै, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले आगमतर्फको आइएमएसद्वारा सञ्चालित ट्रलीलाई समेत छिटो मर्मत गर्न निर्देशन दिएका छन्।