नेपाल एयरलाइन्सले ताप्लेजुङको सुकेटारमा अब नियमित उडान गर्ने भएको छ।
मनसुनका कारण गत जेठदेखि रोकिएको उडान अब भने नियमित हुने एयरलाइन्सका प्रवक्ता रमेश पौडेलले जानकारी दिए। 'मौसम खुलेसँगै आजबाट काठमाडौं-सुकेटारमा नियमित उडान सुरू भइसकेको छ,'उनले सेतोपाटीसँग भने, 'यो गन्तव्यमा सिधा उडान सुरू भएसँगै अब पाथीभरा जाने यात्रीका लागि सहजता हुनेछ।'
त्यस्तै पर्यटनको समेत सिजन लागेकाले यात्रुको अभाव नहुने उनले बताए। निगमले सोमबार, बिहीबार र शनिबार गरी सातामा तीन उडान गर्नेछ।
निगमको तालिकाअनुसार बिहान ६ :१५ मा काठमाडौंबाट उडान र ७: १५ सुकेटारमा अवतरण हुनेछ। सोही जहाज ७: ३० मा सुकेटारबाट उडान र ८: ३० मा काठमाडौंमा अवतरण हुनेछ।