नेपालगञ्जबाट आइरहेको श्री एयरलाइन्सको जहाजमा चरा ठोकिएपछि १० मिनेटलाई बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग खुलेको छ।
जहाजसँग परेवा आकारको चरा ठोकिएको थियो। जहाज अवतरणको क्रममा धावनमार्गमा चरा ठोकिएको थियो।
'चरा ठोकिएपछि प्रणालीले 'सस्पेक्टेड बडी हिट' गरेको जनाएपछि हामीले १० मिनेट धावमार्गमा चराको खोजी गर्यौं,' विमानस्थलका प्रवक्ता सुवास झाले भने, 'यो क्रममा चरा मरेको भेटियो। जहाजलाई कुनै क्षति छैन।'
यसपछि धावनमार्ग खुला गरिएको हो। अहिले तालिकाअनुसारका नियमित उडान भइरहेका छन्।