बाराही हस्पिटालिटीले आफ्ना सबै होटलमा मनसुन अफर ल्याएको छ। बाराहीले चितवनको बाराही जंगल लज, बाराही, साराङकोट माउन्टेन लज, आवास पोखरा र बाराही काठमाडौंमा मनसुन अफर सुरू गरेको हो।
चितवन मेघौलीमा रहेको बाराही जंगल लजमा दुई रात र तीन दिनको खाना बसाइको प्याकेज बुक गर्दा जिप सफारी, सनडाउनर र गाउँ भ्रमण नि:शुल्क पाइनेछ। उक्त प्याकेजको शुल्क प्रतिव्यक्ति २३ हजार ५ सय रूपैयाँ रहेको छ। यसको अफर बाहेकको मूल्य ३३ हजार हो।
२३० रोपनीमा फैलिएको लक्जरी रिसोर्टमा ३९ वटा कटेज रूम र प्राइभेट स्विमिङ सहितको भिल्ला रहेका छन्। चितवन राष्ट्रिय निकुञ्ज नजिकै रहेको लजमा स्विमिङ पुलसँगै स्पा पनि छ। साथमा साँझ स्थानीय थारू र कुमाल संस्कृति समेत हेर्न पाइन्छ।
त्यस्तै, पोखरा लेकसाइडमा रहेको बाराहीमा पनि अफर ल्याइएको छ। यहाँ जोडीका लागि डिलक्स रूम, ब्रेकफस्ट र डिनर (नेपाली र कन्टिनेन्टल) सहित एक रातको १४ हजार रूपैयाँ रहेको छ। पोखरा लेकसाइडको ९ नम्बर मार्गमा रहेको आवास पोखरामा जोडीका लागि डिलक्स रूम, ब्रेकफस्ट, रोमान्टिक क्यान्डिल नाइट डिनर र कपल्स केकको शुल्क ६ हजार रूपैयाँ रहेको छ। रूफटप स्विमिङ पुल भएको आभाष पोखरा तीन तारे होटल हो।
चार दशकअघि पोखराको लेकसाइडमा बाराही हस्पिटालिटीका संस्थापक हरिप्रसाद पौडेलले ९ कोठा सहित प्याराडाइज गेस्ट हाउस सुरू गरेका थिए। सोही होटलमा पछि सुविधा थप गरी होटल बाराही नामाकरण गरिएको हो। बाराही ग्रुपको लगानीमा पोखरामा व्यञ्जन रेष्टुरेन्ट र द बीच बार एण्ड लज समेत रहेको छ।
बाराही ग्रुपकाे नै पोखराको सेदीमा पाँचतारे होटल निर्माणधीन छ। जहाँ १२ सय क्षमताको सभाहल बन्दैछ। पब्लिक कम्पनी रहेको बाराही सेदिको आइपिओमा समेत जाने योजना छ।
होटल बाराही काठमाडौं, कान्तिपथमा हालसालै सञ्चालनमा आएको छ। होटलले नारायणहिटी दरबार मोहडा रहेको होटलको स्विमिङ पुल लक्षित अफर ल्याएको छ। ल्याबिस ब्रञ्च, अराउन्ड अफ ड्रिंक्ससहित स्विमिङ पुल प्रयोग गर्ने प्याकेज शनिबारका लागि उपलब्ध छ।
प्याकेजअनुसार वयस्कका लागि २ हजार ३९९ र बालबालिकालाई प्रतिव्यक्ति १ हजार १९९ रूपैयाँ छ। यो प्याकेज उपभोग गर्न भने प्रि-बुकिङ गर्नुपर्छ। प्याकेज शनिबार दिउँसो १२ बजेदेखि ४ बजेसम्म हुनेछ। ओपनिङ अफरअन्तर्गत बाराही काठमाडौंमा प्रतिरूम ८ हजार रूपैयाँ (जोडीका लागि ब्रेकफस्टसहित)रहेको छ। यो शुल्क सन् २०२३ भरी चल्नेछ।
यस्तो अफर सेप्टेम्बर १५ (भदौ २९ गते)सम्म कायम हुनेछ।