काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मंगलबार अपराह्न उड्न लागेको एयर इन्डियाको जहाजमा समस्या देखिएको छ।
जहाजको ब्रेकमा समस्या देखिएपछि रनवेबाट पार्किङस्थलमा ल्याइएको छ।
विमानस्थलका प्रवक्ता सुवास झाले जहाजको ब्रेकमा समस्या देखिएको सेतोपाटीलाई बताए।
‘रनवेमा पुगेपछि जहाजको ब्रेकमा समस्या देखियो,’ उनले भने, ‘जहाजलाई पार्किङस्थलमा ल्याइएको छ।’
यसले गर्दा विमानस्थलमा जहाज उडान र अवतरण कार्य प्रभावित भएको छ।
जहाजमा १७९ जना यात्रु थिए।
‘विमानको प्राविधिक परीक्षण हुन्छ, त्यसपछि यात्रुहरू यही विमानमा जाने कि अर्कोमा भन्ने टुंगो लाग्छ’, उनले भने।