सिम्रिक एयरले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई बुझाउनु पर्ने सबै बक्यौता बुझाएको छ।
प्राधिकरणका अनुसार सिम्रिकले आइतबारसम्म ४६ लाख रुपैयाँ बुझाएको हो।
सिम्रिकले प्राधिकरणलाई शुक्रबार ४३ लाख रुपैयाँ र आज (आइतबार) ३ लाख गरी कुल ४६ लाख रुपैयाँ बुझाएको हो।
अहिलेसम्मको बक्यौता तिरेसँगै सिम्रिकले आइतबारदेखि नै उडान अनुमति पाएको प्राधिकरणले जनाएको छ।