बुद्ध एयरले नयाँ जहाज भित्र्याएको छ। शुक्रबार साँझ बुद्धले १६ औं एटिआर–७२ जहाज भित्र्याएको हो।
योसँगै बुद्ध एयरका १६ वटा जहाज पुगेका छन्। यसमध्ये १३ वटा एटिआर–७२ र तीन वटा एटिआर–४२ छन्।
बुद्धले १६औं जहाजको रुपमा 'एटिआर ७२-५००' सिरिजको दर्ता नम्बर '९एन-एएनडब्ल्यू' भित्र्याएको हो।
नेपाली यात्रुहरूका लागि पनि बुद्धले हवाई उडान सहज र सरल बनाउने प्रतिबद्धता अनुरूप कार्य गर्दै आएको जनाएको छ।
सहज भाडासँगै उडान संख्या उल्लेख्य वृद्धि भएसँगै यात्रुले आफ्नो समयअनुकूल उडान भर्न सक्ने बुद्धले जनाएको छ।